७ बैशाख २०८२, आईतवार

कोलोराडो विशेष/अमेरिका

अमेरिकामा रहेका नेपालीहरुलाई उपयोगी हुने ‘जब पोर्टल’ सञ्चालन गरिने

अमेरिकामा रहेका नेपालीहरुलाई उपयोगी हुने ‘जब पोर्टल’ सञ्चालन गरिने

अमेरिका । नेपालबाट अमेरिका गएका र हाल अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुलाई सहयोग पुग्ने गरी ‘जब पोर्टल’ सञ्चालन गरिने भएको छ । जागिरको खोजीमा रहेका नेपालीहरुका लागि सहयोग पुर्याउने उद्देश्यले उक्त पोर्टल डिजाइन गरिएको हो । एनआरएनए एनसीसी अमेरिकाकी बीओडी दुर्गा तिवारीको कन्सेप्ट अनुसार उक्त पोर्टल डिजाइन गरिएको हो । उक्त पोर्टल डिजाइन गर्नका लागि टाक्सफोर्स चेयर दिनेश तिवारी र को-चेयर दुर्गा तिवारी तथा सदस्यमा सफ्वेयर डेभलपर भूपीन तिवारी र भुवन तिवारी रहेका छन् । उक्त सफ्टवेयरको बारेमा एनआरएनए एनसीसी अमेरिकाको हालै सम्पन्न १३औं वार्षिक साधारण सभामा सफ्टवेयर डेभलपर भूपीन तिवारी र भुवन तिवारीले प्रस्तुतीकरण गरेका थिए । कामको खोजीमा रहेका नेपाली भाषीहरुका लागि उपयोगी हुने उक्त पोर्टल (लिंक) को बाँकी काम एनआरएनए अमेरिकाको आईटी विभागले गर्ने र जसले गर्दा जब एप्लाई र जब पोस्ट गर्ने अवसर मिल...
अमेरिकाको बोस्टनमा नेपाली वोमन्स ग्लोबल नेटवर्कको बनभोज कार्यक्रम सम्पन्न

अमेरिकाको बोस्टनमा नेपाली वोमन्स ग्लोबल नेटवर्कको बनभोज कार्यक्रम सम्पन्न

-सुपेन्द्र बस्नेत (बोस्टन) । अमेरिकाको मासाच्युसेट्स राज्यको बोस्टनमा नेपाली मूलका नारीहरु आबद्ध संस्था ‘नेपाली वोमन्स ग्लोबल नेटवर्क, न्यू इंग्ल्याण्ड च्याप्टर (एनडब्लुजिएन) को बनभोज कार्यक्रम सम्पन्न भएको छ । नेपाली मूलका नारीहरुलाई एकताबद्ध गराइ मनोरञ्जनको माध्यमबाट आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने मुख्य उद्देश्यले जुलाई १४ तारिख आइतबार बनभोज कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा संस्था परिवारका साथै सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । एनडब्लुजिएनले समुदायको उत्थानका लागि पुर्याउँदै आएको योगदान र भावी दिनहरुमा खेल्नु पर्ने भूमिकाका बारेमा चर्चा परिचर्चा गरिएको कार्यक्रम, लक्ष्य अनुसार सफल भएको संस्थाको प्रतिक्रिया छ । संस्थाकी न्यू इंग्ल्याण्ड च्याप्टरकी अध्यक्ष कल्पना श्रेष्ठले कार्यक्रम उल्लासमय, मनोरञ्जनात्मक र उपलब्धिमूलक भएको प्रतिक्रिया दि...
कोलोराडोस्थित रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको २२औं साधारण सभा सम्पन्न

कोलोराडोस्थित रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको २२औं साधारण सभा सम्पन्न

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडोमा रहेका नेपाली समुदायबीच सक्रिय जेठो संस्था रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको २२औं बार्षिक साधारण सभा एक समारोहबीच सम्पन्न भएको छ । नेपालीहरुको आस्थाको केन्द्र नेपाली घरमा शनिबार बिहान १० बजे देखी दिउँसो १ बजेसम्म आयोजित साधारण सभा बिभिन्न कार्यक्रमका साथ सम्पन्न भएको हो । कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, बुद्धीजीवी, समाजसेवी, कलाकार, व्यवसायी, पत्रकार, गन्यमान्य तथा नेपालीभाषी बाआमा, दाजुभाइ, दिदीबहिनीहरुको उपस्थिती थियो । समाजसेवीद्धय रोहिणीकुमार शर्मा र विजयराज शर्माको विशेष उपस्थितीमा सम्पन्न २२औं साधारण सभाले संस्थाका उपाध्यक्ष बिकास त्रिपाठीद्धारा पेश गरिएको आर्थिक प्रतिवेदन र अध्यक्ष अर्जुन बगालेद्धारा पेश गरिएको संस्थाको प्रगती प्रतिवेदन तथा भावी कार्ययोजना बिभिन्न सुझावसहित पारित गरेको थियो । संस्थाका अध्यक्ष अर...
अनेसासको अध्यक्षमा सर्वज्ञ वाग्ले र महासचिवमा राजु सिटौला निर्वाचित (मत परिणामसहित)

अनेसासको अध्यक्षमा सर्वज्ञ वाग्ले र महासचिवमा राजु सिटौला निर्वाचित (मत परिणामसहित)

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमिति २०२४–२०२६ कार्यकालका लागि नयाँ नेतृत्व चयन भएको छ । नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मत परिणाम अनुसार अध्यक्षमा सर्वज्ञ वाग्ले निर्वाचित हुनु भएको छ । वाग्ले ८५९ मतसहित अध्यक्षमा निर्वाचित हुँदा प्रतिद्वन्द्वी बिमला निरौलाले ५९५ मत पाउनु भएको थियो । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा लालगोपाल सुवेदी, अमेरिका महादेशीय उपाध्यक्षमा सुदिपभद्र खनाल, एसिया महादेशीय उपाध्यक्षमा सरिता अर्याल, अफ्रिका महादेशीय उपाध्यक्षमा गणेश खड्का, युरोप महादेशीय उपाध्यक्षमा डिल्लीराम अम्माइ, ओशीयानिया महादेशीय उपाध्यक्षमा हरिप्रसाद अधिकारी निर्वाचिन हुनु भएको छ । यता महासचिवनमा राजु सिटौला, सचिवमा रविन शर्मा, कोषाध्यक्षमा तारा अधिकारी निर्वाचित हुनु भयो । त्यसैगरी सदस्यहरुमा सुमन वर्षा घिमिरे, पुष्पा खनाल, दीप कार्की, रत्ना लोक्सोम सुब...
तमु धी कोलोराडोको अध्यक्षमा जीतबहादुर गुरुङ चयन

तमु धी कोलोराडोको अध्यक्षमा जीतबहादुर गुरुङ चयन

कोलोराडो । तमु धी कोलोराडोको अध्यक्षमा जीतबहादुर गुरुङ चयन हुनु भएको छ । त्यसैगरी उपाध्यक्षमा पुष्प गुरुङ, सचिवमा दीपा गुरुङ र कोषाध्यक्षमा कमला गुरुङ निर्वाचित हुनु भएको छ । त्यसैगरी पब्लिक रिलेशन अफिसरमा प्रकाशजंग गुरुङ र कल्चरल सेक्रेटरीमा लीलाजंग गुरुङ चयन हुनु भएको छ । संस्थाको निवर्तमान अध्यक्षमा चन्द्रमान गुरुङ हुनुहुन्छ ।...
खेलकुद र मनोरञ्जनात्मक कार्यक्रमसहित कोलोराडोमा समर पिकनिक कार्यक्रम सम्पन्न

खेलकुद र मनोरञ्जनात्मक कार्यक्रमसहित कोलोराडोमा समर पिकनिक कार्यक्रम सम्पन्न

कोलोराडो । अमेरिकास्थित कोलोराडोमा रहेका नेपालीभाषीहरुबीच भेटघाट र एक आफसमा समन्वय तथा सद्भाव बढाउने उद्धेश्यले समर पिकनिक आयोजना गरिएको छ । रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको आयोजना तथा कोलोराडोस्थित अन्य स्थानीय संघ संस्थाहरुको सहभागीतामा यही जुलाई ७ तारिक आइतबारका दिन दिउँसो २ बजेदेखी सांझ ७ बजेसम्म समर पिकनिक कार्यक्रम सम्पन्न भएको माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष अर्जुन बगालेले बताएका छन् । बिभिन्न खेलकुद तथा मनोरञ्जनका कार्यक्रमसहित सम्पन्न भएको पिकनिक कार्यक्रममा कोलोराडोमा रहेका सबै संघसंस्थाका प्रतिनिधि, गन्यमान्य, बुद्धीजिवी, समाजसेवी, पत्रकार, बिभिन्न पेशामा आबद्ध पेशाकर्मी, ब्यावसायी, तथा नेपाली भाषी आमाबुबा, दाजुभाई, दिदिबहिनीहरुको सहभागिता रहेको थियो । यहां बसोवास गर्दै आएका नेपाली भाषीहरुलाई मनोरञ्जनका साथै एकता, सद्धभाव र एक आपसमा सहयोगको भावना बिकास गर्न कोलोराडोको ...
नेपाल नेत्रज्योती संघ कोलोराडो तदर्थ समिति गठन, संयोजकमा नारायण श्रेष्ठ

नेपाल नेत्रज्योती संघ कोलोराडो तदर्थ समिति गठन, संयोजकमा नारायण श्रेष्ठ

–नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । अमेरिकाको कोलोराडोमा नेपाल नेत्रज्योती संघ कोलोराडो तर्दथ समिती गठन गरिएको छ । कोलोराडोमा सक्रिय सामाजिक संघ संस्थाका प्रतिनिधि, बुद्धिजिवी एबं सामाजिक अभियन्ता, नेपाल नेत्रज्योती संघका केन्द्रीय अध्यक्ष प्राडा चेतराज पन्त, महासचिव भरतबहादुर चन्द, कार्यकारी निर्देशक शैलेसकुमार मिश्र लगायतका पदाधिकारीहरूको उपस्थितीमा कोलोराडो तदर्थ समिति गठन गरिएको हो । कोलोराडोमा नेपाली समुदायका अभिभावक तथा समाजसेवी नारायण श्रेष्ठको संयोजकत्वमा १५ सदस्सीय तदर्थ समिति गठन गरिएको समितिका सदस्य तथा नेपाली घरका निवर्तमान अध्यक्ष जगदिशचन्द्र ढकालले बताएका छन् । समितिका सदस्यहरूमा जगदिशचन्द्र ढकाल, नविन दत्त, निलम श्रेष्ठ, बसन्त लम्साल, सुरज भण्डारी, गंगा चौलागाइ, शुरेसचन्द्र प्रधान, नवराज श्रेष्ठ, कृष्ण थापा, चन्द्रमान गुरूङ, घनश्याम अगस्थी, अर्जुन बगाले र शुमन केशी रहेका...
अमेरिकाको बाल्टिमोरमा ‘बिपी कोइरालाज स्टेटमेन्ट ईन कोर्ट’ पुस्तक बिमोचन

अमेरिकाको बाल्टिमोरमा ‘बिपी कोइरालाज स्टेटमेन्ट ईन कोर्ट’ पुस्तक बिमोचन

अमेरिका । अमेरिकामा बस्दै आएका सुवास घिमिरेले लेखेको पुस्तक ‘बिपी कोइरालाज स्टेटमेन्ट ईन कोर्ट’ को लोकार्पण गरिएको छ । कार्यक्रम बाल्टिमोरको फेमिली किचेनको सभाहलमा भएको थियो । जय नेपाल इन्टरनेशनल फाउण्डेशन मेरील्याण्ड च्याप्टरको संयोजनमा आयोजित कार्यक्रममा जयनेपाल इन्टरनेसनल फाउन्डेसनका अध्यक्ष डा. यादव पण्डित, एनआरएनए आइसीसीका पूर्वअध्यक्ष रबिना थापा, जयनेपाल फाउन्डेसनका मेरिल्याण्ड च्याप्टरका अध्यक्ष केशव शर्मा पौडेल, हिन्दु बुद्ध मन्दिर मेरिल्याण्डका अध्यक्ष डा. श्याम कार्की र लेखक तथा अनुवादक सुवास घिमिरेले उक्त पुस्तकको लोकार्पण गरेका थिए । लोकार्पण गरिएको उक्त पुस्तकमाथिको चर्चा गर्दै बक्ताहरुले ४७ वर्ष अगाडि नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले अदालतमा व्यक्त गरेको मानव अधिकार, प्रजातन्त्र र नागरिक अधिकारका विषयमा आफ्नो आफ्नो ढंगले ब्याख्या गरे । बिपीको संघर्ष र बल...
कोलोराडोमा विभिन्न कार्यक्रमसंगै समर पिकनिक आयोजना हुँदै

कोलोराडोमा विभिन्न कार्यक्रमसंगै समर पिकनिक आयोजना हुँदै

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । अमेरिकास्थित कोलोराडोमा रहेका नेपालीभाषीहरुबीच भेटघाट र एक आफसमा समन्वय तथा सद्भाव बढाउने उद्धेश्यले समर पिकनिक आयोजना गर्न लागिएको छ । रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको आयोजना तथा कोलोराडोस्थित अन्य स्थानीय संघ संस्थाहरुको सहभागीतामा यही जुलाई ७ तारिक आइतबारका दिन दिउँसो २ बजेदेखी सांझ ७ बजेसम्म समर पिकनिक कार्यक्रमको आयोजना गर्न लागिएको रकी माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष अर्जुन बगालेले बताएका छन् । बिभिन्न खेलकुद तथा मनोरञ्जनका कार्यक्रमसहित आयोजना गर्न लागिएको पिकनिक कार्यक्रममा सहभागीताको लागी संस्थाले बिभिन्न सामाजिक संजाल मार्फत कोलोराडोमा रहेका सबै संघ संस्थाका प्रतिनिधि, गन्यमान्य, बुद्धीजिवी, समाजसेवी, पत्रकार, बिभिन्न पेशामा आबद्ध पेशाकर्मी, ब्यावसायी, तथा नेपाली भाषी आमाबुबा ,दाजुभाई, दिदिबहिनी सबैलाई हार्दिक अनुरोध गरिसकेको अध्यक्ष ...
‘तमु प्ये ल्हु’को वार्षिकोत्सवः रुकुमले जित्यो टिपिएलए कप, एनआरएनए र सीएनवाईसीको भव्य साथ

‘तमु प्ये ल्हु’को वार्षिकोत्सवः रुकुमले जित्यो टिपिएलए कप, एनआरएनए र सीएनवाईसीको भव्य साथ

कोलोराडो । तमु प्ये ल्हु अमेरिकाको १०औं वार्षिकोत्सवको अवसरमा जुन २९ र ३० (शनिबार र आइतबार) विभिन्न कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । यसअवसरमा अन्तरराज्य स्तरीय (इन्टर स्टेट) टीपीएलए कप २०२४ पुरुष भलिबल प्रतियोगिता, गुरुङ धर्मसंस्कृति सम्बन्धी प्रवचन–अन्तरक्रिया, झाँकी प्रदर्शन र कार्यक्रमको अन्त्यमा भव्य साँगीतिक कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमको दोस्रो तथा अन्तिम दिन ‘प्ये ता ल्हु ता’ (गुरुङको धर्मसंकार, संस्कृति) बारेमा महत्वपूर्ण र जानकारीमूलक अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा ‘प्ये ता ल्हु ता’ का जानकारी पच्यु पैन्डी चिब तथा तमु प्ये ल्हु संघ यूकेका खेगी बिभागका अध्यक्ष पीपीसी जित क्रोम्छे तमुको उपस्थिति रहेको थियो । कार्यक्रममो सहजकर्तामा मिनबहादुर क्रोम्छे तमु रहनु भएको थियो । अन्तरक्रिया कार्यक्रम पच्यु पैन्डीबिद, तमु प्ये ल्हु संघ युकेका खेगी बिभागका अध्यक्ष प...