७ बैशाख २०८२, आईतवार

कोलोराडो विशेष/अमेरिका

अमेरिकाको कोलोराडोमा टुकी इभेन्ट्सले अगस्ट १७ मा तीज विशेष दर खाने कार्यक्रम गर्ने

अमेरिकाको कोलोराडोमा टुकी इभेन्ट्सले अगस्ट १७ मा तीज विशेष दर खाने कार्यक्रम गर्ने

कोलोराडो । टुकी इभेन्ट्सले महिलाहरुको महान् पर्वको हरितालिका तीजको अवसरमा अमेरिकाको कोलोराडोमा तीज विशेष दर खाने कार्यक्रम गर्ने भएको छ । टुकी इभेन्ट्सका किरण भुसाल, शान्ति भुसाल र श्रृति पाण्डेको संयोजकत्वमा अगस्ट १७ तारिख शनिबारका दिन साँझ ५ बजेदेखि राति १२ बजेसम्म कार्यक्रम आयोजना गर्न लागिएको छ । कार्यक्रम Paradise Tavern (9239 Park Meadows Dr, Lone Tree, CO 80124) मा हुनेछ । उक्त कार्यक्रममा कोलोराडो निवासी १८ वर्ष माथिका सम्पूर्ण दिदीबहिनीहरुलाई निमन्त्रणा गरिएको छ । कार्यक्रममा सहभागिताको लागि ४५ डलर प्रवेश शुल्क निर्धारण गरिएको छ । उक्त अवसरमा डीजे निरोज अर्यालको प्रस्तुती रहने छ । सांगीतिक महौलमा हर्षोल्लासका साथ भोजनको समेत राम्रो प्रबन्ध रहने कार्यक्रम संयोजक श्रृति पाण्डेले बताउनु भयो । साथै कार्यक्रममा प्रमोद भण्डारीको फोटोग्राफी हुनेछ । कोलोराडोमा विगतका वर्षहरुमा समेत त...
बोस्टनमा आयोजित ‘नेपाल डे’ कार्यक्रम वर्षाका कारण बिथोलियो

बोस्टनमा आयोजित ‘नेपाल डे’ कार्यक्रम वर्षाका कारण बिथोलियो

-सुपेन्द्र बस्नेत (बोस्टन, अमेरिका) । ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जिबिएनसि) ले अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोस्टनमा आयोजना गरेको ‘नेपाल डे–२०२४’ कार्यक्रम वर्षाका कारण बिथोलिएको छ । अगस्ट ४ तारिखका दिन म्यासाच्युसेट्स राज्यको एभरेट सिटीको ग्लेन्डल पार्कमा आयोजना गरिएको उक्त कार्यक्रम भारी वर्षाका कारण बीचैमा बिथोलिएको हो । म्यासाच्युसेट्स राज्यको एभरेट सिटीको साझेदारी र स्थानीय नेपाली संघ संस्थाहरुको साथ रहेको उक्त कार्यक्रम उद्घाटन भएर अघि बढ्दै गर्दा पानी पर्न सुरु गरेको थियो । आयोजकले परिरहेको पानीको पर्वाह नगरी रोकिने आसमा कार्यक्रम सञ्चालन गरिनै रहेको थियो । तर, पानी रोकिनुको सट्टा झन बढी बर्सिनथालेपछि कार्यक्रमलाई बिचैमा रोक्न आयोजक बाध्य भयो । कार्यक्रम बिथोलिएपछि आयोजकले बढ्दै गएको वर्षाका कारण जनधनको क्षति हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै कार्यक्रमलाई स्थगित गरेको सू...
नेपथ्यको भव्य सांगीतिक प्रस्तुतीमा झुमे कोलोराडोवासी (फोटो फिचर)

नेपथ्यको भव्य सांगीतिक प्रस्तुतीमा झुमे कोलोराडोवासी (फोटो फिचर)

कोलोराडो । अमेरिकाका सातवटा सहरहरूमा शृङ्खलाबद्ध कन्सर्ट प्रस्तुत गर्न साङ्गीतिक यात्रामा निस्केको नेपथ्यको पहिलो प्रस्तुति कोलोराडोको बोल्डरमा भव्य रूपमा सम्पन्न भएको छ । स्थानीय आयोजक कोसेली कोलोराडो र लाली गुराँश एशोसियशनले नेपथ्यको प्रस्तुति कोलोराडो राज्यमा आजसम्मकै सबैभन्दा ठुलो नेपाली कार्यक्रम रहेको भएको प्रतिक्रिया जनाएको छ । कार्यक्रमलाई सभ्य र भव्य बनाउने रुपमा सम्पन्न गर्न साथ सहयोग गर्ने सबैलाई कोशेली कोलोराडाका प्रबन्ध निर्देशक बिनोद गुरुङले धन्यबाद दिए । कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रममा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए । अगस्ट ३ तारिक शनिबारका दिन साँझ सात बजे कन्सर्ट सुरु भएको थियो । पर्दामा ‘सा कर्णाली’ र ‘मै मरिजाउँला’ गीतका भिडियोसँगै कन्सर्टको सुरुवाती प्रस्तुति ‘कोशीको पानी य...
आना कोइरालाले जितिन् मिस नेपाल नर्थ अमेरिका २०२४ को उपाधि

आना कोइरालाले जितिन् मिस नेपाल नर्थ अमेरिका २०२४ को उपाधि

न्यूयोर्क (अमेरिका) । मिस नेपाल नर्थ अमेरिका २०२४ को उपाधि आना कोइरालाले जितेकी छिन् । अमेरिकको न्यूयोर्क शहरमा अगस्त ३ शनिवार आयोजना भएको फाइनल प्रतिष्पर्धामा १७ जना प्रतियोगीहरुलाई पछि पार्दै कोइरालाले उपाधि जितेकी हुन् । कूल १८ जनाको सहभागिता रहेको प्रतियोगितामा रुवी पौडेल फर्स्ट रनर अप र आदिश्री रेग्मी सेकेण्ड रनर अफ भए । उक्त प्रतियोगितामा क्यानाडा र अमेरिकाका विभिन्न राज्यहरुबाट कूल १८ जना प्रतियोगीहरुले सहभागिता जनाएका थिए । प्रतियोगीहरुमा मीनेसोटाकी आयुषा तुलाधर, टेक्ससकी आदीश्री रेग्मी, नर्थ क्यारोलाईनाकी आना कोइराला, क्यानडाकी अनु सुबेदी, न्यूयोर्ककी अस्मिता गिरी, मिसिगनकी अश्मिता तुलाधर, ओहायोकी दृश्य धिताल, न्यूजर्सी ओनिका बानिया, न्यूयोर्ककी प्रिजा राना, बोस्टनकी रिजा पुरी, मेरिल्याण्डकी रुबिना गिरी, मेरिल्याण्डकी रुबी पौडेल, कोलोराडोकी सबिता चौलागाई, कोलोराडोकी सर्जु थापा, ...
नेपाली जनसम्पर्क समितिको आयोजनामा कोलोराडोमा ‘समर पिकनिक’ भव्यताका साथ सम्पन्न

नेपाली जनसम्पर्क समितिको आयोजनामा कोलोराडोमा ‘समर पिकनिक’ भव्यताका साथ सम्पन्न

–मीन बोलखे (कोलोराडो) । नेपाली जनसम्पर्क समिति अमेरिका कोलोराडो च्याप्टरको आयोजनामा ‘समर पिकनिक’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । जूलाई २८ तारिख आइतबारका दिन दिउँसो ४ बजेदेखि ७ः३० बजेसम्म Community Park Main St And W 2nd Ave, Broomfield, CO 80020 (Behind Broomfield Library) मा पिकनिक सम्पन्न भएको हो । पिकनिक कार्यक्रम कोलोराडोवासी सम्पूर्ण नेपालीभाषी आमाबुबा, दाजुभाई, दिदीबहिनी, समाजसेवीहरुको सहभागितामा भव्य, सभ्य र मनोरञ्जनात्मक हिसाबले सम्पन्न भएको नेपाली जनसम्पर्क समितिका सभापति गणेश भण्डारीले जानकारी दिनु भयो । आपसी भेटघाट, समन्वय तथा सद्भाव अझ बलियो बनाई मनोरञ्जनसमेत लिने उद्देश्यले समर पिकनिक गरिएको संस्थाका महासचिव ज्ञानेन्द्र पौडेलले बताउनु भयो ।   ...
अमेरिकाको बोस्टनमा भव्यताका साथ ‘नेपाल डे’ मनाउने तयारी

अमेरिकाको बोस्टनमा भव्यताका साथ ‘नेपाल डे’ मनाउने तयारी

–सुपेन्द्र बस्नेत (बोस्टन, अमेरिका) । अमेरिकाको म्यासाच्युसेट्स राज्यमा ‘नेपाल डे–२०२४’ मनाइने भएको छ । कार्यक्रम स्थललाई नेपालमय बनाउदै ‘नेपाल डे’ भव्यताका साथ मनाउन आवश्यक तयारीलाई तिब्र पारिएको छ । गत वर्षदेखि मनाउन सुरु गरिएको नेपाल डेलाई यसवर्ष पनि निरन्तरता दिन ग्रेटर बोस्टन क्षेत्रमा बसोबास गर्ने प्रवासी नेपालीहरु उत्साहका साथ तयारीका लागि एकजुट भएका हुन्। कार्यक्रमको आयोजनाको नेतृत्व ग्रेटर बोस्टन क्षेत्रमा रहेका नेपाली समुदायको अग्रणी संस्था ‘ग्रेटर बोस्टन नेपाली कम्युनिटी’ (जिबिएनसि) ले गर्दैछ । कार्यक्रमलाई सफल बनाउन म्यासाच्युसेट्स राज्यको एभरेट सिटीले साझेदारी गरिरहेको छ भने, यस क्षेत्रमा रहेका अन्य नेपाली समुदायका संघ संस्थाहरुले पनि साथ दिइरहेका छन् । निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त कार्यक्रम, आउदो अगष्ट ४ तारिख आइतबारका दिन एभरेट सिटी स्थित ग्लेन्डल पार्कमा हुँदैछ ...
टेक्ससमा स्थापित हेम-सरिता पाठक फाउन्डेसनले पत्रकारद्वय मातृका र दीपालाई पुरस्कार प्रदान गर्ने

टेक्ससमा स्थापित हेम-सरिता पाठक फाउन्डेसनले पत्रकारद्वय मातृका र दीपालाई पुरस्कार प्रदान गर्ने

अमेरिका । अमेरिकाको टेक्ससमा रहेको हेम–सरिता पाठक फाउन्डेसनद्वारा स्थापित भ्रष्टाचार विरुद्धको ‘टंकप्रसाद–रमादेवी पाठक अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार’ पत्रकारद्वय मातृका दाहाल र दीपा दाहाललाई संयुक्त प्रदान गर्ने निर्णय गरेको छ । दुई लाख राशिको भ्रष्टाचार विरुद्धको “टंकप्रसाद–रमादेवी पाठक अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार’को नतिजा प्रकाशित गर्दै नेपाली पत्रकारितामा चर्चित कान्तिपुर दैनिकका पत्रकार मातृका दाहाल र उकालो डटकमकी दीपा दाहाललाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय भएको हेम–सरिता पाठक फाउन्डेसन नेपालका अध्यक्ष राधेश्याम लेकालीद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ । अमेरिकाको टेक्सासमा स्थापित हेम–सरिता पाठक फाउन्डेसन पत्रकारिता, साहित्य, संगीतलगायत विभिन्न क्षेत्रमा रहेर भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा सक्रिय छ । यहीमध्येको अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार ...
सान फ्रान्सिस्कोमा एएनए राष्ट्रिय सम्मेलनः अन्तिम दिन कविता महोत्सव सम्पन्न

सान फ्रान्सिस्कोमा एएनए राष्ट्रिय सम्मेलनः अन्तिम दिन कविता महोत्सव सम्पन्न

अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा एसोसिएसन अफ नेपलिज इन अमेरिकाज (एएनए) द्वारा आयोजित एएनए राष्ट्रिय सम्मेलन २०२४ सम्पन्न भएको छ । उक्त सम्मेलन जुलाई १९ देखि २१ सम्म सञ्चालन भएको थियो । जुलाई २१ का दिन साहित्य कार्यक्रम अन्तरगत कविता महोत्सवसहित पुरस्कार वितरण तथा समापन भएको थियो । कविता प्रतियोगितामा जमुना भट्टराई, प्रकाश पाण्डे र उमा शर्मालाई पुरस्कृत भएका थिए । कविता प्रतियोगिताका निर्णायकहरुमा भारती गौतम, नीलम कार्की निहारिका र धर्मराज कोईराला थिए । उक्त कार्यक्रममा नवरत्न पुरस्कारबाट सम्मानित रीतादेवी प्रधान र बालतारा आशिर्वाद अधिकारीलाई सम्मानित गरिएको थियो । कार्यक्रमको सभापतित्व एएनए अध्यक्ष तथा सम्मेलन सभापति खगेन्द्र अधिकारीले गरेका थिए । अमेरिकाव्यापी नेपाली कविता प्रतियोगितामा १७ जना कविहरु छनौट गत शुक्रवार साँझदेखि नै सुरु भएको सम्मेलनको दो...
कोलोराडोमा नेपाली जात्राः भोजपुरे दम्पत्ती लङमन्ट सिटीद्वारा अभिनन्दित (फोटो फिचर)

कोलोराडोमा नेपाली जात्राः भोजपुरे दम्पत्ती लङमन्ट सिटीद्वारा अभिनन्दित (फोटो फिचर)

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपालीहरुको बाक्लो बसोवास रहेको कोलोराडोको लङमन्ट सिटीमा आयोजित नेपाली जात्रा सम्पन्न भएको छ । जात्रामा कलाकार तथा समाजसेवीद्वय हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठलाई स्थानीय लङमन्ट सिटीद्धारा भब्य समारोहबीच अभिनन्दन गरेको छ । नेपाली जात्रा स्थानीय लङमन्ट सिटी तथा स्थानीय संघ संस्थाहरूको सहयोग र समन्वयमा लङमन्ट डाउनटाउनमा सम्पन्न भएको हो । सोही समारोहमा नेपाली समाज र नेपाल राष्ट्रकोलागी हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठ दुवैले नेपाली गीत, संगीत, कला, साहित्य र समाज सेवाको माध्यमबाट पुर्याएको योगदानको उच्च कदर गर्दै कोलोरडोवासी नेपालीहरुको पहलमा Longmont city का मेयर Joan Peck ले नेपाली ढाकाटोपी, दोसल्ला, पुष्प गुच्छा तथा कदर पत्र प्रदानगरी अभिनन्दन गरेकी हुन् । हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठ दुवै नेपाली गीत, संगीत, कला र साहित्यका बिशिष्ठ प्रतिभा हुन ...
भानु जयन्तीका अवसरमा अनेसास कोलोराडोको आयोजनामा बधाई ज्ञापन कार्यक्रम सम्पन्न

भानु जयन्तीका अवसरमा अनेसास कोलोराडोको आयोजनामा बधाई ज्ञापन कार्यक्रम सम्पन्न

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाको आयोजनामा २११औं भानु जयन्तीका अवसरमा जुलाई २० शनिबारका दिन नेपाली घरमा भानु जयन्ती तथा बधाई ज्ञापन कार्यक्रम सम्पन्न भएको छ । अनेसास बोर्ड अफ ट्रष्टीका सभापति पदम विश्वकर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अनेसास केन्द्रीय समितिको हालै सम्पन्न निर्वाचनबाट महासचिवमा निर्वाचित कोलोराडो शाखा अध्यक्ष राजु सिटौला र कोषाध्यक्षमा निर्वाचित पूर्व शाखाअध्यक्ष तारा अधिकारीलाई खादा–मालासहित बधाई ज्ञापन गरिएको हो । अनेसास कोलोराडोका महासचिव किरण अधिकारीले सञ्चालन गर्नु भएको कार्यक्रममा शाखा अध्यक्ष राजु सिटौलाले आदिकवि भानुभक्त आचार्यको छोटो जीवनी प्रस्तुत गर्नु भएको थियो । त्यस्तै बालकवि रचित रेग्मीबाट भानुभक्तको रचनामा आधारिक केही श्लोक बाचन गरिएको थियो । कार्यक्रममा आदिकवि भानुभक्तसँग सम्बन्धित ३–४ वटा रचन बाचन गरिएको ...