४ माघ २०८१, शुक्रबार

साइबर अपराधको अभियोगमा डा. निकोलस भुसाल फेरि पक्राउ

कोलोराडोखबर संवाददाता , January 17th, 2025

नेपाल । पोखराको सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हिरासतभित्र सुतिरहेको तस्बिर खिचेको आरोपमा यसअघि पक्राउ परेर छुटेका डा. निकोलस भुसाल फेरि पक्राउ परेका छन् ।

यसअघि पुस ७ गते पक्राउ गरी ८ गते पोखरा ल्याएर अदालतमा म्याद थपका लागि उपस्थित गराउँदा हिरासतबाहिरै राखेर अनुसन्धान गर्न अदालतले भनेको थियो । न्यायाधीश नारायण दाहालको इजलासले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति नदिँदा छुटेका भुसाल त्यतिबेलाकै साइबर अपराधको अभियोगमा समातिएका हुन् ।

प्रहरीलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न भनेपछि भुसाल छुटेको र अहिले प्रहरीले अनुसन्धान सकेर प्रमाण भेटाएपछि पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्