कोलोराडो । नियमित रुपमा रक्तदान गरौं र जीवनदान गरौं भन्ने मान्यतालाई मनन गर्दै कोलोराडोमा January 12 मा सम्पन्न रक्तदान कार्यक्रम मार्फत ११ जनाले रक्तदान गर्नु भएको छ ।
ब्लड डोनर्स अफ, अमेरिका कोलोराडो र रिभाईभ मेडिकल वेलनेस https://www.revivemedicalwellness.net/ को संयुक्त आयोजनामा Vitalant Blood Donation Center, Westminster, Colorado मा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
रक्तदान कार्यक्रममा रक्तदाताहरुको संख्या ११ रहेको ब्लड डोनर्स अफ अमेरिका, कोलोराडो च्याप्टरका अध्यक्ष तथा रीभाईभ मेडिकल वेलनेस https://www.revivemedicalwellness.net/ का मेडिकल डाइरेक्टर डा. शारदा त्रिपाठीले जानकारी दिनु भयो ।
यसरी स्वतस्फुर्त नियमित रुपमा रक्तदान गर्नेहरु मध्ये टीका पौडेलले ३७ औं पटक रक्तदान गर्नु भएको थियो ।
त्यस्तै अन्य रक्तदान गर्नेहरुमा श्रीराम लुईंटेल, बिनिता वाग्ले, अनिल बज्राचार्य, प्रतिभा बज्राचार्य, विकाश त्रिपाठी, सुनिता दहाल, Nichole Haliw, Marcus Haliw, Shannon Conner र Aaron Conner रहनु भएको थियो ।
रक्तदान जस्तो पूण्य कार्यमा भविष्यमा पनि लागी रहन अभिप्रेरित गर्दै सबै रक्तदान गर्ने महानुभावहरुलाई ब्लड डोनर्स अफ अमेरिकाका केन्द्रीय अध्यक्ष भुषणलाल श्रेष्ठले धन्यबाद ज्ञापन गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्