नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बुधबार साँझ थुनामुक्त भएका छन् । जिल्ला अदालत काठमाडौंले तोकेको धरौटी तिरेर उनी हिरासतबाट निस्किए ।
रविको ६० लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी प्रभु बैंकले दिएको थियो । बैंक ग्यारेन्टीको प्रक्रिया पुरा गरेर साँझ ७ बजे रवि थुनामुक्त भए ।
यसअघि कास्की जिल्ला अदालतले मागेको ६५ लाख धरौटी बुझाएर उनी रिहा भएका थिए । रविमाथि रुपन्देही, चितवन र वीरगञ्जमा पनि सहकारी ठगी सम्बन्धी मुद्दा बाँकी नै छ ।
प्रतिक्रिया दिनुहोस्