२ माघ २०८१, बुधबार

१९९० माघ २ मा गएको ठूलो भूकम्पको स्मृतिमा भूकम्प सुरक्षा दिवस मनाइँदै

कोलोराडोखबर संवाददाता , January 15th, 2025

नेपाल । बुधबार देशव्यापी रूपमा विविध कार्यकम गरी २७औं भूकम्प सुरक्षा दिवस मनाइँदै छ ।

विसं १९९० माघ २ गतेका दिउँसो २ बजेर २४ मिनेटमा गएको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष यस दिनलाई भूकम्प सुरक्षा दिवसका रूपमा मनाइँदै आइएको छ ।

१९९० माघ २ मा संखुवासभाको चैनपुर केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी नेपालमा आठ हजार पाँच सय १९ जना र भारतको बिहारमा सात हजारभन्दा बढी गरी करिब १६ हजार जनाको मृत्यु भएको थियो भने ८० हजार घर सहित दुई लाख सात हजारभन्दा बढी संरचना भत्किएका थिए।

२०४५ साल भदौ ५ गते उदयपुर केन्द्र भएर गएको भूकम्पमा ७ सय मानिसले ज्यान गुमाएका थिए। यसैगरी २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पमा करिब ९ हजारको मृत्यु भएको थियो ।

यस्तै २०८० सालको कात्तिक १७ गतेको जाजरकोट भूकम्पमा पनि जनधनको धेरै क्षति भएको थियो । उक्त भूकम्पमा परी १५३ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्