अमेरिका । महाअभियोग लागेका दक्षिण कोरियाली राष्ट्रपति योन सुक योललाई पक्राउ गरिएको छ ।
अदालतले वारेन्टलाई लम्ब्याउने अनुमति दिएपछि अनुसन्धानकर्ताले पक्राउ गरेका हुन् । यसअघि महिनाको सुरुवातमा उनीहरूको प्रयास असफल भएको थियो ।
डिसेम्बरमा सैन्य शासन लगाउन गरेको असफल प्रयासपछि उनीमाथि राज्य द्रोहको आरोप लागेको छ । केही समय अघि मात्र युनको सुरक्षा निकायका उपप्रमुख किम सुन होङ गिरफ्तार भएका थिए ।
प्रतिक्रिया दिनुहोस्