१ माघ २०८१, मंगलवार

सकिएन थुनछेक बहस, काठमाडौं प्रहरीको हिरासतमै रवि लामिछाने

कोलोराडोखबर संवाददाता , January 14th, 2025

नेपाल । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका रास्वपाका सभापति रवि लामिछाने कम्तिमा थप दुई दिन न्यायिक हिरासतमा रहेको भएका छन् ।

सोमबारबाट सुरु भएको थुनछेक बहस नसकिएपछि अब बुधबार हुनेगरी सकिएको छ । त्यसकारण लामिछाने सोमबार र मंगलबार पनि काठमाडौं प्रहरीको हिरासतमा रहने भएका छन् । मंगलबार माघे संक्रान्तिको सार्वजनिक बिदाका कारण थुनछेक बहस नहुने भएको हो ।

लामिछाने आइतबार काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए ।

प्रतिक्रिया दिनुहोस्