अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेललेआफ्नो सदस्य २० हजार बनाउने लक्ष्य सार्वजनिक गरेका छन् । अहिले भएको संख्या १६ हजारबाट बढाएर २० हजार पुर्याउने लक्ष्य राखिएको हो ।
सिड्नीमा स्थित आफ्नो कार्यालयमा एनआरएन आईसीसीका प्रवक्ता फणिन्द्र पन्तलाई स्वागत गर्ने क्रममा अध्यक्ष पोखरेलले आफ्नो भनाई राख्दै उक्त लक्ष्य सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा अध्यक्ष अनिल पोखरेल, क्षेत्रीय संयोजक दिनेश पोखरेलसहित अस्ट्रेलियाका तर्फबाट अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधिहरूले प्रवक्ता पन्तलाई स्वागत गरेका थिए ।
एनआरएन कार्यालयमा भएको भेटका क्रममा एनआरएन नागरिकता तथा अधिकार, हालै सरकारले जारी गरेको अध्यादेश, एनआरएनए अस्ट्रेलियाको आफ्नै भवनरकार्यालय निर्माणको प्रगति तथा उपयोगिता, राष्ट्रिय समन्वय परिषद्को कार्यालय स्थापनाका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद्बाट प्रदान गर्न सकिने सहयोग तथा सहकार्यका नीतिगत विषयमा छलफल भएको थियो ।
कार्यक्रममा प्रवक्ता पन्तसँगै सिड्नी निवासी अन्तर्राष्ट्रिय परिषद् उपाध्यक्ष डा. विनोद श्रेष्ठ, सचिव डा. ज्ञानेन्द्र रेग्मी, नेपाल सरकारको न्यु साउथ वेल्स राज्यको वाणिज्यदूत सञ्जीव शर्मा, ग्रेटर सिड्नी मल्टिकल्चरल नेपाली सोसाइटीका उपाध्यक्ष उमेश पन्त, आइसीसी सदस्यहरू डिल्ली ढकाल, रमेश अधिकारी, पूर्व आइसीसी सदस्य बुद्धि डल्लाकोटी लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्