१ माघ २०८१, मंगलवार

जापानमा ६.८ म्याग्निच्युडको भूकम्प जाँदा जनजीवन प्रभावित

कोलोराडोखबर संवाददाता , January 14th, 2025

अमेरिका । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) का अनुसार सोमबार राति जापानको दक्षिण–पश्चिमी क्षेत्रमा ६.८ म्याग्निच्युडको भूकम्प गएको छ ।

जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले क्युशु क्षेत्रको मियाजाकी प्रिफेक्चर नजिकै भूकम्प गएपछि राति २१ः१९ बजे (१२१९ जिएमटी) एक मिटर (तीन फिट) सम्मको सुनामी छाल आउनसक्ने बताएको छ ।

युएसजिएसले आफ्नो अनुमान ६.९ म्याग्निच्युडबाट घटाएर ६.८ गर्दै यो भूकम्पबाट कुनै सुनामीको खतरा नभएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्