नेपाल । महिला यू–१९ विश्वकपको वार्मअप खेलमा नेपाल वेस्ट इन्डिजसँग ८ रनले पराजित भएको छ । वेस्ट इन्डिजले दिएको ११० रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १०० रनमा अलआउट भयो ।
दोस्रो इनिङमा खराब सुरुवात गर्दै नेपालले पहिलो बलमै विकेट गुमाएको थियो । ओपनर साना प्रवीण डकआउट भइन् । त्यसपछि सावित्री धामी र कप्तान पूजा महतोबीच २५ रनको साझेदारी भएको थियो ।
सावित्री ५ रन बनाएर आउट भइन् । त्यसपछि कप्तान पूजा पनि १८ रनमा आउट हुँदा नेपाललाई ठूलो झट्का लाग्यो । उनले २० बलको सामना गर्दै ३ चौका प्रहार गरेकी थिइन् ।
यसअघि वेस्ट इन्डिजले पहिलो ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट मात्र गुमाएर १०९ रन जोडेको थियो ।
प्रतिक्रिया दिनुहोस्