दाङ । नेपाली कांग्रेसका नेता एवं पूर्व महामन्त्री डा. शंशाक कोइरालाले राजनीति गर्नेले पदको लोभ गर्नु नहुने बताउनुभएको छ ।
नेपाल प्रजातन्त्र सेनानी संघको लुम्बिनी प्रदेशस्तरीय प्रथम अधिवेशनलाई दाङको घोराहीमा सम्बोधन गर्दै नेता कोइरालाले राजनीति जनताको सेवाका लागि भएकाले सत्ता र पदको लोभ गर्न नहुने बताउनुभएको हो ।
राजनीतिमा लोभ पलायो भने जनताको सेवाभन्दा पनि सुविधा प्राप्तिमा ध्यान जाने भएकाले त्यसले स्वयम् व्यक्तिसँगै पार्टीलाई कमजोर बनाउने कोइरालाको धारणा थियो ।
प्रतिक्रिया दिनुहोस्