नेपाल (हेटौंडा) । मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा प्रमोदसिंह रानभाट विजयी हुनु भएको छ । रानाभाटको प्यानलबाट पदाधिकारीहरु सहित सदस्यहरुमा पनि धेरै विजयी भएका छन् ।
संघको ५८औं साधारणसभाबाट नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना आज बिहान सम्पन्न भएको छ । अध्यक्षमा विजयी रानाभाट एक हजार १४ मतसहित विजयी हुनु भयो । अध्यक्षका आकांक्षी अनिल अग्रवाल सात सय ६५ मतमात्रै पाउनु भयो ।
चुनाबमा एक हजार आठ सय १६ मत खसेको थियो । महासचिवमा रानाभाट प्यानलबाटै प्रतिमा श्रेष्ठ १ हजार १२ मतसहित विजयी हुनुभयो । प्रत्यासी विकेशलाल श्रेष्ठले ७१३ मत मात्र प्राप्त गर्नुभयो ।
यता उपाध्यक्षमा वाणिज्यतर्फ राजु अधिकारी, उद्योगतर्फ दीपक उप्रेती, एसोसिएटतर्फ उज्ज्वल चौलागाई र वस्तुगततर्फ काव्यमणि अधिकारी निर्वाचित हुनुभएको छ । राजु र काव्यमणि अनिल अग्रवाल प्यानलबाट हुनुहुन्छ भने दीपक र उज्ज्वल रानाभाट प्यानलबाट हुनुहुन्छ । कोषाध्यक्षमा अग्रवाल प्यानलबाट तेजराज अधिकारी, सहकोषाध्यक्षमा रानाभाट प्यानलबाट निलम वैद्य विजयी हुनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्