–मिथिला अधिकारी–
नदिको किनार जस्तै भयो इन्तजारमा जिन्दगी,
वार न पार भयो डुब्दै गयो मझधारमा जिन्दगी ।
कसरी भन्न सक्छौ तिमी आफु बेकसुर छु भनेर,
देखायौ जुन र धकेलिदियौ अन्धकारमा जिन्दगी ।
भो अब नआउ तिमी त्यो नपुंसक दिमाग लियर,
फर्किनु छ मैले र चलाउनु छ संसारमा जिन्दगी ।
खाउँला आँटो पिठो लाउँला पुराना फाटाहरु
रमाउनु छैन मलाई डिस्को र वारमा जिन्दगी ।
हिँउदमा सुकेको बगरमा पनि बर्षामा पानी पर्किन्छ
फर्किएर उजिल्याउनु छ कर्मको आधारमा जिन्दगी ।
–हेटौंडा, नेपाल ।
प्रतिक्रिया दिनुहोस्