१ माघ २०८१, मंगलवार

प्रचण्ड र माधव नेपालबीच अर्थपूर्ण भेटवार्ता

कोलोराडोखबर संवाददाता , January 10th, 2025

नेपाल । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एस) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच बिहीबार भेटवार्ता भएको छ।

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता वेदुराम भुसालले बताए ।

भेटका अवसरमा वरिष्ठ नेता भुसाल र माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्