११ आश्विन २०८१, शुक्रबार

रुस-युक्रेन युद्धमा परी थप ३ नेपालीको मृत्यु

कोलोराडोखबर संवाददाता , January 3rd, 2024

नेपाल । रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार रुस–युक्रेन युद्धमा ती नेपालीको मृत्यु भएको हो ।

स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह र धादिङका राजकुमार गिरीको निधन भएको जानकारी प्राप्त भएको जानकारी दिए ।

यसअघि गोरखाका सन्दीप थपलिया, कपिलवस्तु वाणगङ्गा–१ का रुपक कार्की, पोखरा कास्कीका देवान राई, पुतलीबजार ५ स्याङ्जाका पितम कार्की, मेलुङ ६ दोलखाका राजकुमार रोका, इलाम ५ इलामका गङ्गाराज मोक्तान तथा कुन्दन सिंह नागलको मृत्यु भएको जानकारी प्राप्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस्