नेपाल । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ३ जनाविरुद्ध संगठित अपराध र आपराधिक लाभको कसुरमा मुद्दा दर्ता भएको छ।
बुधवार काठमाडौँ काठमाडौँ जिल्ला अदालतमा उनीहरूविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो ।
संगठित रुपमा नेपालका व्यवसायीलाई धम्क्याएर आपराधिक लाभ लिएको कसुरमा दुर्गा प्रसाईं, पाँचथरका हरिचन्द्र फुयल ‘नविन’ र तेह्रथुम घर भई बिर्तामोड बस्ने रामचन्द्र मैनालीविरुद्ध मुद्दा दायर भएको जिल्ला सरकारी वकिल कार्यालयले जानकारी दिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान प्रतिवेदनका आधारमा उनीहरू विरुद्ध अभियोगपत्र दर्ता भएको हो ।
प्रतिक्रिया दिनुहोस्