नेपाल (हेटौंडा) । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले राज्यले उद्योगी व्यवसायीलाई आवश्यकता अनुसारका सुविधा दिनुका साथै लगानीलाई सुरक्षित हुने वातावरण सिर्जना गर्नुपर्ने बताए ।
बुधबार हेटौंडामा मकवानपुर उद्योग वाणिज्य संघको ५८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै उद्योग क्षेत्र रोजगारी सिर्जना गर्ने प्रमुख क्षेत्रको रुपमा रहेकाले लगानीकर्तालाई आवश्यकता अनुसारको सुविधा दिनसक्नुपर्ने बताए ।
उद्योग क्षेत्रले स्थानीय कच्चा पदार्थको प्रयोग गरी उत्पादनमा जोड दिनुपर्ने उनले बताए । राज्यले उद्योगीलाई आवश्यक सुविधासहित उत्पादन वृद्धिमा जोड दिनुपर्ने उनको भनाई छ । उनका अनुसार नेपालमा भ्रष्टाचारको अवस्था गम्भीर रहेको छ । भ्रष्टाचार नियन्त्रणका लागि आम व्यक्तिहरूको सबै विषय अध्यवधिक गर्न जरुरी रहेको उनले कताए । लगानीमैत्री वातावरण तयार गर्न प्रदेश सरकारले लगानी बोर्ड गठन गर्ने तयारी गरेको उनले बताए ।
सभामा एमाले प्रमुख सचेतक एवम् प्रतिनिधि सभा सदस्य महेशकुमार बर्तौलाले हेटौंडा औद्योगिक क्षेत्र रहेकाले यसलाई थप व्यवस्थित गरि लैजानुपर्ने बताए । कतिपय उद्योग बन्द भएको अवस्थामा र सरकारी स्वामीत्व रहेको हेटौंडा सिमेन्टलाई थप व्यवस्थित गरि लान नकसेका राज्यलाई घाटा हुने बताए । मध्यवर्ती क्षेत्रभित्र पर्न गएकाले वनपैदावरको ज्याजतीका कारण उद्योगहरु सञ्चालन गर्ननसकेको बताए ।
त्यस्तै, संघीय सभाका भौतिक पूर्वाधार विकास समितिका सभापति एंव प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहले आफ्नो बुबाको पालादेखी हेटौंडामा व्यवसाय गर्नुका साथै उद्योगहरु सञ्चालन गर्दै आइरहेको बताए । पछिल्लो समय हेटौंडामा धेरै उद्योगहरु बन्द भए तर राज्यको ध्यान त्यसतर्फ नजानुका साथै उद्योग व्यवसायी मैत्री कानून, ऐन नहुनाले यस्तो सिर्जना भएको बताए ।
प्रतिक्रिया दिनुहोस्