२५ पुष २०८१, बिहीबार

लेखा समितिका सभापति पोखरेलकी श्रीमती धरौटीमा रिहा

कोलोराडोखबर संवाददाता , January 9th, 2025

नेपाल । मोरङको धनपालथानस्थित उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा मुछिएकी सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

गत मंसिर २७ गते सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिना प्रकरणमा दोषी करार गर्दै जिल्ला सरकारी वकिलको कार्यालय मोरङले मुद्दा दायर गरेपछि फरार रहेकी अञ्जला बुधबार अदालतमा उपस्थित भएकी थिइन् ।

जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा बयानपछि थुनछेक बहस भएको हो। अदालतले उनलाई १० लाख धरौटीमा छोड्न आदेश दिएको हो । अदालतको आदेशपछि कोइरालाले नगदै १० लाख रुपैयाँ बुझाएर थुनामुक्त भएकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्