नेपाल । नेपाल–चीनको सीमा तिब्बतको दिङ्गे काउन्टीमा केन्द्रबिन्दू भएर मंगलबार बिहान गएको ७ रेक्टर स्केलले चीनमा ठूलै क्षति भएको छ ।
चीनको तिब्बत क्षेत्रमा भूकम्पमा परी अहिलेसम्म १२६ जनाको मृत्यु भएको छ भने १८८ जना घाइते भएका खबरहरु आएका छन् ।
यता, नेपालको सोलुखुम्बुमा भूकम्पले एक सरकारीसहित आठ घरमा क्षति पुर्याएको छ । भूकम्पले जिल्लाका विभिन्न स्थानमा गरी एक पूर्ण, एक आंशिक र छ सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्