नेपाल । मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग दोस्रो पटक सोधपुछ गरी बयान कागज गराएर छाडेको छ।
सिआइबीका प्रवक्ता, प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले उनलाई सीआइबीको कार्यालय लाजिम्पाटमा बोलाएर सोधपुछ तथा बयान कागज गरिएको थाहाखबरलाई जानकारी दिए ।
यसअघि कात्तिक २८ गते पनि सिआइबीले उनीसँग सोधपुछपछि बयान कागज गरेर छाडेको थियो । ज बैंक स्टेटमेन्टका विषयमा केन्द्रित रहेर सोधपुछ गरिएको सिआइबी स्रोतले जानकारी दिएको छ।
ललितपुरको मितेरी सहकारीको साढे १२ करोड हिनामिना गरेको भन्दै सहकारीका महाप्रबन्धक ज्योति गुरुङसहित ५ जनाविरुद्ध सीआईबीमा उजुरी परेको थियो । ज्योति गुरुङ उनका पूर्वपत्नी हुन् ।
प्रतिक्रिया दिनुहोस्