नेपाल । नेपालमा सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट भाडादर वृद्धि भएको हो ।
सरकारले सोमबारबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडादर समायोजन गरेको हो । अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर समायोजन गरिएको हो ।
यात्रुवाहक सवारीमा ३.३० प्रतिशत भाडा वृद्धि भएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.०५ प्रतिशतले भाडादर वृद्धि भएको हो ।
प्रतिक्रिया दिनुहोस्