२४ पुष २०८१, बुधबार

घुम्ती शिविरमार्फत यूएईमा ३३५ नेपालीको राहदानी नवीकरण

कोलोराडोखबर संवाददाता , January 7th, 2025

अमेरिका । संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली राजदूतावास अबुधाबीले राजदूतावास, गैरआवासीय नेपाली संघ, यूएईलगायत अन्य संघसंस्थाको सहयोगमा घुम्ती शिविर सञ्चालन गरेको छ ।

यही जनवरी ५ मा अबुधाबीबाट करिब ३०० किलोमिटर टाढा रसअल खैमहमा राहदानी घुम्ती शिविर सञ्चालन गरी सरकारले श्रम सुशासनका क्षेत्रमा अवलम्बन गरेका नीतिगत, कानूनी तथा प्रक्रियागत सुधारका बारेमा जानकारी गराएको दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

दूतावासले सामाजिक सुरक्षा कोषमा श्रमिकको आबद्धता, सोको प्रक्रिया, तथा औपचारिक माध्यमबाट विप्रेषण पठाउँदा प्राप्त हुने फाइदा, पुनः श्रम स्वीकृतिसम्बन्धी व्यवस्था, वित्तीय साक्षरतालगायत विविध विषयमा जानकारी दिएको हो ।

घुम्ती शिविरमा ३३५ जना नेपालीको राहदानी नवीकरण गर्नुका साथै त्यहाँ उपस्थित ५५० नेपाली श्रमिकलाई नेपाल र यूएईका विद्यमान श्रम कानूनका विषयमा जानकारी प्रदान गरिएको थियो

प्रतिक्रिया दिनुहोस्