अमेरिका । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार तेस्रो पटक फ्रेन्च सुपर कपको उपाधि जितेको छ ।
फाइनलमा पीएसजीले मोनाकोलाई एक–शून्य गोलले पराजित गरेको हो । पीएसजीको जितमा दोस्रो हाफको इन्ज्युरी समयमा उस्मान डेम्बेलेले निर्णायक गोल गरेका हुन् ।
कतारको दोहास्थित स्टेडियम नाइन सेभेन फोरमा गएराति भएको खेल प्रतिस्पर्धात्मक बनेको थियो ।
पछिल्लो १२ वर्षमा पीएसजी ११ पटक सुपर कप च्याम्पियन बनेको छ । चार पटकको विजेता मोनाको भने सन् २००० यता उपाधिविहिन छ ।
प्रतिक्रिया दिनुहोस्