२३ पुष २०८१, मंगलवार

नेपाली अमेरिकन कलाकार संघद्वारा न्यू योर्कमा ‘रमझम साँझ’ सम्पन्न

कोलोराडोखबर संवाददाता , January 6th, 2025

अमेरिका । नेपाली अमेरिकन कलाकार संघद्वारा न्यू योर्कमा वार्षिक सांस्कृतिक कार्यक्रम ‘रमझम साँझ–२०२४’ सम्पन्न भएको छ । गुल्सन टेरेश हलमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो ।

कार्यक्रमको सञ्चालन संगीता थापा मगर र दिलीप शिरीष मगरले गरेका थिए । । कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अतिथि सपना श्रीले गरेकी थिइन् ।

स्वागत मन्तव्यका वरिष्ठ उपाध्यक्ष बिमल डाँगीले दिए । संरक्षक निसा सुनारले नेपाली सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धनमा कार्यक्रमको भूमिका र योगदानलाई सम्मान गर्दै सबै सहभागीलाई धन्यवाद व्यक्त गरिन् । आयोजक संस्थाकी अध्यक्ष बसन्ती राईले यस कार्यक्रमको दीर्घकालीन योगदान र महत्वलाई प्रष्ट्याउँदै सबैलाई आभार व्यक्त गरिन् ।

कार्यक्रममा न्यूयोर्कका मेयर एरिक आडम्सको कार्यालयबाट गायक राजेश पायल राई र अध्यक्ष बसन्ती राईलाई विशेष सम्मान प्रदान गरियो ।

प्रेम सेन्चुरीको ‘हे जननी अब बुद्ध जन्माईदेऊ’ र दिनेश सुनारको पार्कर प्रस्तुतिले कार्यक्रमको शुरुवातलाई अत्यन्तै भावुक बनायो भने राजन ठकुरीको एकल गायनले मनोरञ्जन प्रदान गर्यो ।

युनाइटेड किराँत राई अर्गनाइजेशनको परम्परागत नृत्य र मगर संघ न्यूयोर्क च्याप्टरको सांस्कृतिक प्रस्तुतिले दर्शकहरूलाई मनमोहक बनायो ।

शंकर बिसी र पार्वती राईको आकर्षक नृत्य प्रस्तुत गरे । शिव विक र ऊषा लामाको जोडीको नृत्य पनि दर्शले मन पराए । सृजना बिरही थापाको गीत र रश्मी तामाङको नृत्य माहौल ततायो ।

समारोहमा अभय ढुंगेल र संगीता मुखियालाई नेपाली संगीत र समाजसेवामा गरेको योगदानको कदर गर्दै सम्मानपत्र, प्रशंसा चिन्ह र नगद पुरस्कार प्रदान गरियो ।

कार्यक्रमको समापन डीजे राजाको प्रस्तुत संगीतसँगै भएको थियो ।

प्रतिक्रिया दिनुहोस्