-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । तमु ल्होछारको अवसरमा कोलोराडो निवासी तमुहरुले बिभिन्न सांस्कृतिक कार्यक्रमका साथ नयांबर्षको शुभकामना आदान प्रदान गर्दै ल्होछार सम्पन्न गरेका छन् ।
तमु धी कोलोराडोको आयोजनामा कोलोराडो निवासी तमु समुदायले आफ्नो संस्कृती परम्परा अनुसार गिद्ध बर्गलाई बिदागर्दै सर्प बर्गलाई स्वागत गरेका हुन् ।
तमु धी कोलोराडोका उपाध्यक्ष पुष्पा गुरुङको अध्यक्षतामा बोल्डर नगरमा संम्पन्न कार्यक्रम संस्थापक अध्यक्ष अरुण गुरुङ र हरीशोभा गुरुङद्धारा पानसमा बत्तीबालेर उद्धाटन गरिएको थियो । कार्यक्रमको सुरुमा नेपाली, अमेरिकी र गुरुङ राष्ट्रिय गान गाईएको थियो ।
कार्यक्रममा कोलोराडोमा सक्रिय संघ संस्थाका प्रतिनिधि, गन्यमान्य, व्यवसाही, पत्रकार तथा नेपाली भाषी बाआमा, दाजुभाई दिदी बहिनीहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित अतिथिहरुलाई खादा लगाई सम्मान गरिएको थियो ।
गौप्रसाद गुरुङ र प्रकाशजंग गुरूङद्वारा संयूक्त रूपमा संचालित कार्यक्रमा भुवन गुरूङले कार्यक्रममा उपस्थित सबैलाइ स्वागत गरेका थिए । यसैगरी कार्यक्रमको अध्यक्ष पुष्पा गुरुङले कार्यक्रमको महत्व र अवस्यकता बारे प्रकाश पारेकी थिइन् । उनले हाम्रो भाषा संस्कृती हराए हाम्रो पहिचाहनै हराउने छ भन्दै यसलाई आफ्नो सन्ततीमा जस्ताको तस्तै हस्थान्तरण गर्ने बातावरण सृजना गर्न सबैलाइ अनुरोध गरिन् । स्थानीय समुदायलाई तमु संस्कृतीको पहिचाहन गराउनुको साथै तमु संस्कृती जोगाईराख्न कार्यक्रम आयोजना गरिएको उनले बताइन् ।
कार्यक्रममा गुरुङ भाषा, नेपाली भाषाका गीतमा स्थानीय कलाकारहरुले कौडा नृत्य लगायत अन्य कुशल नृत्य प्रश्तुत गरेर सहभागी दर्शकहरुको मन जितेका थिए । कार्यक्रममा उपस्थित धेरै सहभागी तथा कलाकारहरु आफ्नै सांस्कृतीक पहिरनमा सझिएर आएका थिए । तमु समुदायका सदस्यहरुले कार्यक्रम सुरुहुनु अघी लामागुरुद्धारा बिधिपुर्वक पुजाआजा गराइ आर्शिवाद थापेका थिए ।
नेपालमा मुलत ३ किसिमको ल्होछार मनाउने गरिन्छ । गुरुङहरुले तोला , तमाङहरुले सोनाम र शेर्पाहरुले ग्याल्पो ल्होसार मनाउने चलन छ । उनीहरुले यस बर्ष गिद्ध बर्गलाई बिदाई गर्दै सर्प बर्गलाई स्वागत गरेका छन् । ल्होछारमा परम्परा अनुसार पुरोहितबाट पुस १४ गते रातको १२ बजे दुःख, दोखलाको ग्रह दशा शान्ति गराउछन् र भोली पल्ट नयां दिनको झुल्के घाम संगै नयां बर्षको स्वागत गर्दछन् । उनीहरु आ–आफ्नो समुदायका गन्यमान्यको घर घरमा गएर आर्शिवाद लिने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्