२२ पुष २०८१, सोमबार

पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालद्वारा एमाले परित्याग गरेको घोषणा

कोलोराडोखबर संवाददाता , January 5th, 2025

नेपाल । पूर्वप्रहरी महानिरीक्षक तथा नेकपा एमालेका नेता सर्वेन्द्र खनालले पार्टी घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले स्ट्याटस लेख्दै भनेका छन्, ‘हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन ।’

आफू स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्या समाधानका लागि काम गरिरहेको उनले बताएका छन् ।

खनालले २६औं प्रहरी प्रमुखका रुपमा २०७४ चैतदेखि २०७६ माघसम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए । अवकाश भएपछि उनीऔपचारिक रुपमै ६ असोज २०७९ मा उनी एमाले प्रवेश गरेका थिए र निर्वाचन पनि लडेका थिए ।

प्रतिक्रिया दिनुहोस्