२२ पुष २०८१, सोमबार

रास्वपाको केन्द्रीय समिति बैठक जारी

कोलोराडोखबर संवाददाता , January 5th, 2025

नेपाल । शनिबारदेखि शुरु भउको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आइतबार पनि जारी छ ।

बैठकमा सभापति रवि लामिछाने माथि भएको सहकारी ठगीको आरोपमा गरिएको गिरफ्तारी र संविधान संशोधनबारे दलको धारणा तय गर्ने प्रमुख एजेन्डा बनाइएको छ।

कार्यवहाक महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार जारी बैठकमा राजनीतिक घटनाक्रम, समसामयिक विषय, जनपक्षीय मुद्दालाई सशक्त रूपमा अघि बढाउने, संगठनको भावी रणनीति, संगठन सबलीकरणका बारेमा केन्द्रित भएर छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्