-आरआर चौलागाईं-
कम्युनिस्ट पार्टी गरीबहरूको पार्टी हो
यो पनि एउटा चुट्किला हुन सक्छ ।
कम्युनिस्टहरू शोषित पीडित जनताका साथी हुन्
यो पनि एउटा चुट्किला हुन सक्छ ।
कम्युनिस्टहरू सादा जीवन
र उच्च विचारका हुन्छन्
यो पनि एउटा चुट्किला हुन सक्छ ।
कम्युनिस्टहरू एक पैसा पनि भ्रष्टाचार गर्दैनन्
यो पनि एउटा चुट्किला हुन सक्छ ।
कम्युनिस्टहरू कमिलाले जस्तै मेहनत गर्छन्
यो पनि एउटा चुट्किला हुन सक्छ ।
कम्युनिस्टहरू महिलाहरूलाई
नराम्रो नजरले हेर्दैनन्
यो पनि एउटा चुट्किला हुन सक्छ ।
कम्युनिस्टहरू मादक पदार्थ सेवन गरेर
नालीमा मुख गाड्दैनन्
यो पनि एउटा चुट्किला हुन सक्छ ।
कम्युनिस्टहरू जनतासँग
सियो र धागो पनि लिँदैनन्
यो पनि एउटा चुट्किला हुन सक्छ ।
कम्युनिस्टहरू साहित्य, कला र संस्कृतिलाई
असाध्यै माया गर्छन्
यो पनि एउटा चुट्किला हुन सक्छ ।
कम्युनिस्टहरू तल्लो वर्गलाई माथि उठाउँछन्
यो पनि एउटा चुट्किला हुन सक्छ ।
कम्युनिस्टहरू दलाल पुँजीपति, बिचौलिया
र काला बजारियाहरूसँग घाँटी जोड्दैनन्
यो पनि एउटा चुट्किला हुन सक्छ ।
यो देश कम्युनिस्टहरूले मात्रै बनाउँछन्
यो पनि एउटा चुट्किला हुन सक्छ ।
–हेटौंडा, मकवानपुर ।
प्रतिक्रिया दिनुहोस्