२२ पुष २०८१, सोमबार

बालकविताः नेपाली टोपी

कोलोराडोखबर संवाददाता , January 4th, 2025

–रमेशचन्द्र घिमिरे–

हेर्दैमा राम्रो चिटिक्क पर्ने नेपाली टोपी यो
यै टोपी अब लगाउँछु भन्दा जम्मै शिर छोपियो ।

यो सानो शिरमा अटाउने टोपी बाबाले किन्दिनू
आएछ फुच्चे नेपाली भनी सबैले चिन्दिनू
चाहन्छु हिँड्न ढल्काई टोपी नेपाली बनेर
नहेप्नू मलाई पाखे र गाउँले, पर्वते भनेर ।

यो टोपी बाको, गुरुको अनि मामा र काकाको
सबैको शिरमा सुहाउँछ चट्ट यो टोपी ढाकाको
जोगाउनु पर्ने संस्कृति हाम्रो समय आझको छ
मलाई’नि टोपी लगाई हिँड्ने रहर लाझको छ ।

–भोर्लेटार, लमजुङ ।

प्रतिक्रिया दिनुहोस्