२६ बैशाख २०८२, शुक्रबार

गजलः संसार स्वार्थी हुन्छ, मैले भोगेको छु

कोलोराडोखबर संवाददाता , January 4th, 2025

–मिथिला अधिकारी–

तिम्रै लागि मैले यो गजल लेखेको छु तिमीले बुझ्नु
संसार स्वार्थी हुन्छ, मैले भोगेको छु तिमीले बुझ्नु ।

सबै भन्दा बलियो हतियार मौनता हो मौन बस्नु पर्छ
कति कुरा देखेपनी पर्दाले छेकेको छु तिमीले बुझ्नु ।

आफ्नै त आफ्नो हुन्नन अरुको भरोसा कसरी हुन्छ
घर भित्रै दुश्मन हुन्छन रे, सुनेको छु तिमीले बुझ्नु ।

हिजो साथी हो भनेर एउटा आँखा दान गरेको हो मैले
हेर त आज उसकै आँखामा बिझेको छु तिमीले बुझ्नु ।

कहिले बादल, कहिले झरी, यसरी नै कटेको छ समय
एकदिन घाम लाग्ने बिश्वासमा रमेको छु तिमीले बुझ्नु ।

–हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्