२१ पुष २०८१, आईतवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प निजगढ विमानस्थल नै होः नेपाल

कोलोराडोखबर संवाददाता , January 3rd, 2025

नेपाल । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले परियोजनाको आवश्यकता, सान्दर्भिकता र लगानीको प्रतिफलमा ध्यान नदिँदा १६ वटा विमानस्थल बन्द रहेको बताउनु भएको छ ।

बिहीबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै अध्यक्ष नेपालले लहडको भरमा निर्णय लिँदा विमानस्थलहरुबाट प्रतिफल प्राप्त गर्न नसकेको बताउनु भएको हो ।

कुनै पनि परियोजनामा पैसा डुबाउनका लागि नभई प्रतिफल प्राप्त हुने गरी लगानी गर्न जरुरी रहेको उहाँको भनाइ थियो । उहाँले विमानस्थलहरुको हालको अवस्थाबारे समितिमा प्रतिवेदन बुझाउनसमेत माग गर्नुभयो ।

अध्यक्ष नेपालले भैरहवास्थित लुम्बिनी विमानस्थल कसको दबाबमा बनाइएको होरु भन्दै प्रश्न गर्नुभएको छ उहाँले हालको अवस्थामा उक्त विमानस्थल चलायमान बन्न नसक्नेसमेत उल्लेख गर्नुभयो ।

उहाँले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प निजगढ विमानस्थल भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्