नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गत शुक्रबार ललितपुरको बालकुमारीमा दुई जनाको मृत्यु भएको घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापरबाही देखिएको बताएका छन् ।
सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा थापाले उक्त कुरा बताएका हुन् । उनले भने, ‘त्यहाँ घटना हुँदैछ भन्ने थाहा पाउँदा पाउँदै यो जबरजस्ती हो । चरम लापरवाही हो, हेपेको हो । सामान्य व्यक्तिले गर्ने लापरवाहीले त कतिथोक व्यहोर्नुपर्छ । त्यत्रो ओहोदामा रहेको व्यक्तिले गरेको लापरवाहीले गर्दा यत्रो ठूलो दुर्घटना भयो ।’
गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक बसन्त कुँबरले पनि यदी मन्त्री ज्वाला त्यहाँ नगएको भए दुःखद् घटना हुने अवस्था सिर्जना नहुने जिकीर गरे ।
प्रतिक्रिया दिनुहोस्