नेपाल । चर्चित बालगायक सचिन परियारको निधन भएको छ ।
उपचारको क्रममा बिहीबार बिहान १०ः४५ बजे त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको अस्पतालले जनाएको छ ।
१३ वर्षीय सचिनको केही दिनदेखि आईसीयूमा उपचार भइरहेको थियो । अघिल्लो वर्षदेखि नै स्वास्थ्य समस्याका कारण थलिएका उनको कम्मरमुनिको भाग राम्रोसँग चल्दैन थियो ।
प्रतिक्रिया दिनुहोस्