नेपाल । नेकपा एमालेले पार्टीबाट निष्काशन गरेपछि पूर्वउपाध्यक्ष समेत रहेका नेता डा. भिम रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गरेका छन् ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता रावलले यस्तो घोषणा गरेका हुन् ।
रावलले नेकपा एमाले घोषित सिद्धान्त, गन्तव्य र आदर्शविहीन बनेकाले वैकल्पिक पार्टी निर्माण गर्नु परेको निष्कर्ष सार्वजनिक गरेका छन् ।
रावलले एमालेको विकल्पमा पार्टी निर्माणको राष्ट्रिय अभियान चलाउने पनि घोषणा गरे ।
प्रतिक्रिया दिनुहोस्