नेपाल । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वाला, महासचिव घनश्याम भुसाल र राष्ट्रिय एकता अभियानका संयोजक तथा नेता बामदेव गौतमसहितका नेताहरूबस्च छलफल भएको छ।
बुधबार नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा नेताहरूबीच बैठक सम्पन्न भएको हो । बैठकपछि नेता वामदेव गौतमले केही समयभित्र नै एकीकृत समाजवादीसँग एकता हुने बताउनु भएको छ ।
एकीकृत समाजवादीका नेताहरु गौतमलाई तेस्रो वरियता दिन सहमत छन् । तर गौतमसँगै एकीकृत समाजवादीमा आउने अन्य नेताहरुको विषयमा भने सहमति जुटिसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्