२० पुष २०८१, शनिबार

प्रेस चौतारी नेपालको महाधिवेशन फागुन २३ देखि विराटनगरमा हुने

कोलोराडोखबर संवाददाता , January 2nd, 2025

नेपाल । पत्रकारको संगठन प्रेस चौतारी नेपालले आफ्नो १०औँ महाधिवेशन आगामी फागुनमा गर्ने घोषणा गरेको छ ।

प्रेस चौतारी नेपालको सचिवालय बैठकले आगामी फागुन २३ देखि २५ गतेसम्म विराटनगरमा महाधिवेशन गर्ने निर्णय गरेको चौतारीका महासचिव हिरामान लामाले जानकारी दिनुभयो ।

महाधिवेशनअघि प्रेस चौतारी नेपालले प्रदेश र जिल्ला अधिवेशन सकाउने निर्णय गरेको छ । जिल्ला अधिवेशन माघ २५ गते र प्रदेश अधिवेशन फागुन ७ गतेभित्र सक्ने निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्