२० पुष २०८१, शनिबार

नेपालमा राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदै

कोलोराडोखबर संवाददाता , January 1st, 2025

नेपाल । अंग्रेजी नयाँ वर्ष सन् २०२५ को पहिलो दिन बुधबार नेपालमा राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदैछ ।

नेपाली टोपी र पोशाकको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फूर्त रुपमा इस्वी संवतको नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।

नेपाली टोपीको साइनो बङ्गलादेशको ढाका, कस्मिर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।

विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर, विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गर्छन्।

प्रतिक्रिया दिनुहोस्