नेपाल । बुधबारबाट जनबरी १ तारिक अर्थाृत ग्रेगोरियन पात्रोअनुसार नयाँ वर्ष इस्वी संवत् २०२५ शुरु भएको छ ।
जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत् शुरु भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवतलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा रहेको पात्रो चलाएकाले यसलाई ग्रेगोरियन संवत् भनिन्छ ।
जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । यो दिवस विश्वभर हर्षोल्लासका साथ मनाइन्छ ।
विदेशी पर्यटकको जमघट हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा ‘न्यू इयर इभ’ मनाएको छ । मंगलबार बेलुकीदेखि नै राजधानीको ठमेल, बौद्ध, स्वयम्भू, नयाँ सडकलगायत क्षेत्रमा विशेष चहलपहल देखिएको थियो ।
प्रतिक्रिया दिनुहोस्