२० पुष २०८१, शनिबार

झमक घिमिरेलाई प्रलेस प्रतिभा पुरस्कार प्रदान

कोलोराडोखबर संवाददाता , December 31st, 2024

नेपाल । प्रगतिशील लेखक संघ (प्रलेस) नेपालले प्रलेस प्रतिभा पुरस्कार २०८१ धनकुटाकी साहित्यकार झमक घिमिरेलाई प्रदान गरेको छ ।

आइतबार प्रलेस केन्द्रीय समितिले नगद २० हजार एक सय रुपियाँको पुरस्कारसहित सम्मान पत्रले साहित्यकार झमकलाई सम्मान गरेको हो ।

उहाँलाई प्रमुख अतिथि पूर्व सांसद तथा झमक घिमिरे प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईं, जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल, धनकुटा नगरपालिकाका उपप्रमुख भिमादेवी खनाल, प्रलेस उपाध्यक्ष नमुना शर्मा लगायतले नगदसहित दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गर्नुभएको हो ।

झमकले लेखेको आत्मकथा ‘जीवन काँडा कि फूल’ चर्चित कृति हो । यही कृतिका लागि उहाँलाई २०६७ सालको मदन पुरस्कार प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्