अमेरिका । अमेरिकन सोसाइटी अफ नेप्लिज इन्जिनियर्सको ह्युस्टन च्याप्टरमा नयाँ नेतृत्व चयन भएको छ ।
ह्युस्टनस्थित काठमाण्डौं व्याङ्किटमा सम्पन्न ‘इन्जिनियर्स गाला नाइट’मा सर्वसम्मत कार्यसमतिको घोषणा गरिएको हो । सोसाइटी पूर्व केन्द्रीय अध्यक्ष डा. राजेन्द्र श्रेष्ठले नव निर्वाचित कार्यसमितिको नामवाली घोषणा गरेका थिए ।
अध्यक्षमा सुहास श्रेष्ठ निर्वाचित भएकाछन् भने उपाध्यक्षमा अर्जुन सुवेदी, सचिवमा पलिशा स्थापित र कोषाध्यक्षमा अब्दुल अन्सारी चयन भएकाछन् । यसैगरी सदस्यहरुमा अमर गुप्ता, अमित पोखरेल, अनिमेश प्रधान, अविनाश गौतम, मनिश प्रधान, राजु रेग्मी, तोया गौतम, पिताम्बर पाण्डे, सचिन पौडेल र सुमन अर्याल सर्वसम्मत भएका हुन् ।
ह्युस्टनमा रहेको नेपालीहरुको संघसंस्था मध्ये एकमात्र प्रोफेसनल संस्थाले समुदायका लागि काम लाग्ने विविध गतिविधिहरु संचालन गर्दै आइरहेको छ।
प्रतिक्रिया दिनुहोस्