८ बैशाख २०८२, सोमबार

अनेसास ड्यालस शाखाद्वारा साहित्यिक कार्यक्रम आयोजना

कोलोराडोखबर संवाददाता , December 31st, 2024

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) टेक्ससको ड्यालस शाखाद्वारा अंग्रेजी नयाँ वर्षको अवसरमा आइतबार साहित्यिक कार्यक्रम आयोजना गरिएको छ ।

प्रगतिशिल साहित्यकार तथा भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानका सदस्य शशि किरण रेग्मी (रह शर्मा) को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विमल पँगेनी, लिला श्रेष्ठ, धनञ्जय ढकाल, सविता सुवेदी, प्रवासी सुमन, ईश्वरी रिजाल, भोजबहादुर बलायर, वेदनिधि दाहाल, टीका शिवाकोटी, कुमार तामाङ्ग, लिलु गुरुङ्ग, विजयराज भट्टराइ, पवन लामिछाने, भीम कार्की लगायतले आफ्नो रचना बाचन गरेका थिए ।

कार्यक्रममा अनेसास ड्यालस च्याप्टरका संस्थापक अध्यक्ष भीम कार्की लगायतका साहित्यकारहरुको आतिथ्य रहेको कार्यक्रम अनेसास ड्यालस च्याप्टर अध्यक्ष निर्मला राईको सभापतित्व र सचिव सुमन कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्