७ बैशाख २०८२, आईतवार

इङ्लिस प्रिमियर लिगमा लिभरपुल र म्यानचेष्टर सिटीको जित

कोलोराडोखबर संवाददाता , December 30th, 2024

अमेरिका । इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले वेष्टहम युनाइटेडविरुद्ध ५–० को सहज जित निकालेको छ।

आइतबार राति अवे मैदानमा सानदार जितपछि लिभरपुलले आठ अंकको अग्रता बनाएको छ । १८ खेल खेलेको लिभरपुलले ४५ अंक छ । दोस्रो स्थानमा रहेको नटिघंम फोरेष्टको ३७ अंक जोडेको छ । वेष्टहमको १९ खेलबाट २३ अंक छ र टोली १३ औं स्थानमा छ ।

६२ हजार समर्थकमाझ अर्ने स्लोटले लिभरपुलले पहिलो हाफमै तीन गोल गर्दै वर्ष २०२४ सानदार बनाएको हो । टोलीको जितमा लुइस डिआज, कोडी गाक्पो मोहम्मद सलाह, ट्रेन्ट एलेन्जान्डर अर्नोल्ड र डिअगो जोटाले गोल गरेका हुन् ।

राति नै भएको खेलमा साविक विजेता म्यानचेष्टर सिटीले लेष्टर सिटीलाई २–० ले हराएको छ ।

लगातार खराब प्रदर्शनमा गुज्रिरहेको सिटीलाई इङ्लिस प्रिमियर लिग फुटबलको यो जितले केही राहत मिलेको छ। साविक विजेता सिटीले पछिल्ला खेलहरुमा लय समात्नै सकेको थिएन ।

हाल सिटीभन्दा शीर्ष स्थानको लिभरपुलले १४ अंकको अग्रता बनाएको छ । १८ खेलबाट लिभरपुलले ४५ तथा १९ खेलबाट सिटीको ३१ अंक छ।

प्रतिक्रिया दिनुहोस्