अमेरिका । डायस्पोरा नेपालीहरुको नयाँ संस्था युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन(यूएनडीओ) स्थापना भएको करिव डेढ बर्षपछि पहिलो अन्तराष्ट्रिय महाधिवेशन डिसेम्बर २८ र २९ मा काठमाण्डौमा सम्पन्न भएको छ ।
महाधिवेशनले सोनाम लामाको सभापतित्वमा आगामी तीन बर्षको लागि नयाँ नेतृत्व समेत चयन गरेको छ । २९ सदस्य कार्यसमितिमा ५ महिला र ५ पुरुष केन्द्रिय सदस्य मनोनित गरिने छन् । साथमा खाली रहेका पदमा पनि नयाँ नेतृत्वले मनोनित गर्नेछ ।
उक्त संस्थामा वास्तविक गैरआवासीय नेपालीहरुको संलग्नता हुने बैधानिक ब्यबस्था छ । तर कानुनी रुपमा दुई बर्ष भन्दा धेरै समय सार्क मुलुक बाहिर बसेका सबै नेपाली र नेपाली मुलका व्यक्तिहरु संस्थाको सदस्य बन्न पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्