नेपाल । नेकपा (एकीकृत समाजवादी) महासचिव घनश्याम भुसालले एमालेबाट निष्कासित नेता भीम रावललाई एकीकृत समाजवादीमा समाहित हुन आग्रह गर्नुभएको छ ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव भुसालले उक्त आग्रह गर्नुभएको हो ।
महासचिव भुसालले अगाडि भन्नुभयो, ‘नेकपा एमाले हामीले लडेर आफैँ बनाएको पार्टी हो । त्यहाँ तमाम साथीहरू छन् । अहिले उकुसमुकुसमा छन् । भनेका छैनन् । यो घटना जसरी घट्दैछ । यसले नेकपा एमालेभित्र यो समस्या अझै बढ्नेछ। कमरेड ओलीको यो प्रयोग असफल भइसकेको छ ।’
प्रतिक्रिया दिनुहोस्