१४ पुष २०८१, आईतवार

अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनु पर्छः कोइराला

कोलोराडोखबर संवाददाता , December 29th, 2024

नेपाल । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्ने बताएका छन् ।

खस्कँदो शिक्षा र सबैतिर व्याप्त भ्रष्टाचार मुलुकको विकासका लागि मुख्य बाधक रहेको बताए ।

महोत्तरीको भटौलियामा नेपाली कांग्रेस महोत्तरी–३ प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् ।

नेता डा कोइरालाले सुशासनका लागि अब कसैलाई दोष दिएर नभई सङ्गठित भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्