१४ पुष २०८१, आईतवार

कालिकोटको ओडानाकुमा ३.६ म्याग्निच्युडको भूकम्प

कोलोराडोखबर संवाददाता , December 29th, 2024

नेपाल । कालिकोटको ओडानाकु केन्द्रबिन्दु भएर आइतबार बिहान ३.६ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प बिहान ५ः०९ बजे गएको हो ।

भूकम्पको कारण कुनै जनधनको क्षतिको विवरण अहिलेसम्म प्राप्त नभएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

साना भूकम्पहरू सामान्यतः जमिनको प्लेटहरूको हलचलका कारण हुने गर्छन्।

प्रतिक्रिया दिनुहोस्