काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ अस्पताल भर्ना भएका छन् ।
पुरानै रोग अर्थात् दम बढेपछि महासचिव वैद्यलाई शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको हो ।
उनी बिहीबार १३२ औँ माओ दिवसको अवसरमा कृष्णसेन ‘इच्छुक’ प्रतिष्ठानमा पार्टीले राखेको कार्यक्रम सहभागी भएका थिए ।
त्यसक्रममा अस्वस्थ्य भएका वैद्यलाई शिक्षण अस्पताल भर्ना गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्