१४ पुष २०८१, आईतवार

४१ बर्षीय बिजुलीकलीले जितिन् हात्ती सुन्दरीको ताज

कोलोराडोखबर संवाददाता , December 28th, 2024

नेपाल । चितवन सौराहाकी बिजुलीकलीले हात्ती सुन्दरीको ताज पहिरिएकी छन् । सौराहामा जारी हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत शुक्रबार भएको हात्ती सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी चार वटा हात्तीलाई पछि पार्दै विजुलीकलीले हात्ती सुन्दरीको उपाधि जितेकी हुन् । ४१ बर्षीय बिजुलीकली युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका आबद्ध हात्ती हो ।

३०० पूर्णाङ्कमा २२२ अंक प्राप्त गरी विजुलीकलीले सुन्दरीको ताज सुरक्षित गर्न सफल भएकी महोत्सव अन्तर्गतको खेलकुद तथा कलाकार व्यवस्थापन समितिका संयोजक ऋषि तिवारीले जानकारी दिए । हात्ती सुन्दरी प्रतियोगितामा पुनमकली, पुजा कली, चम्पाकली र एकताकली सहभागी भएका थिए ।

सुन्दरीप्रतियोगिताको निर्णायकले हात्तीको आनीबानी, सरसफाइ, हिँडाइ, श्रृङ्गार, आँखाको सुन्दरता, हिँडाई, शरीरको बनावट, माउतेले भनेको मान्ने, नमान्ने र रौँको अवस्था हेरेर मूल्यांकन गर्ने तिवारीले बताए । गरिने बताए । उनले नङ फुटे–नफुटेको, हिँडाइ लगायतका बारेमा मूल्यांकन गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्