नेपाल । समसामयिक राजनीतिक परिस्थिती, पार्टीको केन्द्रीय विभागमा मनोनय, आगामी केन्द्रीय समिति बैठक तयारी र विविध विषयमा छलफल गर्न रास्वपाको सचिवालय बैठक शुक्रबार बस्दैछ ।
बैठक दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने लागेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।
पार्टी सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि कार्यवाहक सभापतिको जिम्मेवारी उपसभपति डीपी अर्यालले पाएका छन् । अघिल्लो बैठकले अर्याललाई कार्यवाहक तोकेको थियो । त्यसपछि पहिलोपटक बैठक बोलाइएको हो ।
प्रतिक्रिया दिनुहोस्